
सम्पत्ति शुद्धीकरण विभागको प्रमुखमा निर्मल ढकाल नियुक्त



काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव निर्मल ढकाल नियुक्त भएका छन्। विभागको उपमहानिर्देशकमा कार्यरत उनलाई महानिर्देशक बनाइएको हो।
यसअघिका महानिर्देशक गजेन्द्रकुमार ठाकुर आर्थिक विवादमा मुछिएपछि उनलाई अर्थ मन्त्रालयमा तानिएको थियो। सोपश्चात् रिक्त रहेको उक्त पदमा ढकाललाई नियुक्त गरिएको हो।


