
अर्थमन्त्रीले वाग्लेले सार्वजनिक गरे श्वेतपत्र, पुँजीबजारमा पारदर्शीता र स्थिरता आवश्यक (पूर्णपाठ)



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको श्वेतपत्र सार्वजनिक गरेका छन्। उनले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ नाम दिएर श्वेतपत्र सार्वजनिक गरेका हुन् । श्वेतपत्रमा पुँजीबजारमा पारदर्शीता र स्थिरता आवश्यक रहेको उल्लेख गरिएको छ ।
‘पुँजी बजारको दायरा विस्तार गर्दै उत्पादनमूलक कम्पनीहरूलाई प्रवेश गर्न प्रोत्साहित गर्न, गैरआवासीय नेपालीको लगानी भित्र्याउन र सरकारी ऋणपत्र लगायतको ऋणपत्र बजारको विकास गर्न तत्काल कानूनी सुधार गर्नुपर्नेछ। साथै, दोस्रो बजार करोबारमा पारदर्शिता, विश्वसनीयता र स्थिरता ल्याउनु पनि त्यत्तिकै आवश्यक छ,’ श्वेतपत्रमा भनिएको छ ।


