
सेयर बजारमा सामान्य सुधार ,४ अर्ब ७४ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७३ अकंले बढेर २७९६.४३ बिन्दुमा बन्द भएको छ । आज ३५१ कम्पनीको १ करोड ८ लाख ९९ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७४ करोडको कारोबार भएको हो ।आज वाणिज्य बैंक समूहको ०.६८ प्रतिशत, विकास बैंक समूहको १.१४ प्रतिशत, फाइनान्स समूहको ०.४२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९७ प्रतिशतले सेयर मूल्य बढेको छ ।
सोमबार १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट र शिखर पावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानकिर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै निफ्रा ग्रिन इनर्जी डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १४ प्रतिशतका दरले गुमाएका हुन् ।


