
सीडीएससीको कामु सीईओमा सापकोटा



सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)मा कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत जिम्मेवारी कञ्चन सापकोटालाई दिइएको छ । आइतबार बसेको सीडीएससीको सञ्चालक समिति बैठकले प्रवीण पन्दाकलाई पदबाट हटाउने नेप्सेको निर्णयलाई कार्यान्वयन गर्दै सापकोटालाई कामु सीईओको जिम्मेवारी दिएको हो ।
सोही बैंठकले सापकोटालाई हाललाई कामु सीईओ नियुक्त गरिएको सीडीएसीका प्रवक्ता सुरेश न्यौपानले जानकारी दिए ।


