
एपोलो हाइड्रोपावरको आईपीओ कहिले बाँडफाँड हुँदैछ ?



काठमाडौँ । एपोलो हाइड्रोपावरको आईपीओ शुक्रबार बैशाख ११ गते बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले कम्पनीको आईपीओ शुक्रबार बाँडफाँड गर्ने गरी तयारी गरिरहेको हो ।
कम्पनीकाृ आईपीओमा अन्तिम दिनसम्म ४१.९५ गुणा बढी आवेदन परेको छ । सिडिएसका अनुसार कम्पनीको आईपीओमा २८ लाख ७५ हजार ३७२ जनाले आवेदन दिएका हुन् ।कम्पनीको आईपीओमा ३ करोड २७ लाख ३२ हजार ९३० कित्ता बराबरको ३ अर्ब २७ करोड ३२ लाख ९३ हजार रुपैयाँ आवेदन परेको छ ।
कम्पनीले सर्वसाधारणका लागि कुल ७ लाख ८० हजार २०० कित्ता आईपीओ निष्कासन गरेको थियो ।
मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । १० कित्ताका दरले शेयर बाँडफाँड गर्दा ७८ हजार जनाले मात्रै शेयर पाउनेछन् । २८ लाख बढीको हात खाली हुने निश्चित छ ।


