
सेयर बजारमा गिरावट जारी, कारोबार रकम ७ अर्ब ८१ करोड



काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन बुधबार सेयर बजार घटेर कारोबार भएको छ । यो साताको तीन दिन नै बजार घटेको छ । अघिल्लो दिन पनि १८ अंक बढीले घटेको बजार आज २.९५ अंकले घटेको हो ।
आजको कारोबार पछि नेप्से परिसूचक २८०४.१७ विन्दु पुगेको छ । आज सेयर बजारमा १३८ कम्पनीको सेयर मूल्य घटेको छ भने १२१ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ०.६५ अंकले बढेर ४७१.२२ विन्दुमा पुगेको छ ।
आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको मूल्य घटेको छ भने ५ वटाको बढेको छ । परिसूचक घटेको दिन ७ अर्ब ८१ करोड माथिको कारोबार भएको छ । आज ३४२ कम्पनीका १ करोड ७५ लाख ८८ हजार ८५४ कित्ता सेयर १ लाख २१ हजार ४३३ पटक खरिद बिक्री हुँदा ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


