
विवादमा परेसँगै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा



काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो बारेमा सार्वजनिक रुपमा नै प्रश्न उठेसँगै राजीनामा बुझाएका छन् । उनले आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रधानमन्त्री बालेन शाहसँग भेट गरी राजीनामा बुझाएको खबर छ ।
त्यसरी राजीनामा दिनुको पछाडी उनी विवादित व्यवसायी दीपक भट्टसँगको व्यवसायीक साझेदारीमा जोडिएको लगायतका विषय अहिले चर्चामा छ । नयाँ सरकारको रुपमा यूवा तथा आश लाग्दा मन्त्रीको रुपमा उदाय गृहमन्त्री निकै छोटो समयमा पदबाट बाहिरीनु परेको छ । गोरखाबाट आफ्नो क्षेत्रमा समेत निकै राम्रो मत ल्याएर पछिल्लो चुनाव जितेका उनले केही महत्वपूर्ण काम समेत गर्न भ्याय ।
मन्त्रालयमा कार्यभार सम्हालेकै बेलुका रातीबाट खटेका उनकै मतहतका निर्देशनका टोलीले भोलीपल्ट बिहानै पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झिस्मीसेमै कर्यापझ्याप पार्न समेत सफल भएको थियो । लगतै उनको निशानामा सिधै भिआईपी, उच्च पदस्थ व्यक्तहरु धमामध पर्न भ्याए । फेरी यता सार्वोच्चबाटै उनले चालेका कतिपय कदममा भने गृहमन्त्रीले ताकेका व्यक्तीलाई घर फिर्ता पठाउनु पर्ने लगायतका घटनाहरु समेत यही छोटो समयमा देख्न पाइयो ।
साथै, प्रहरीहरु माथि नै लामो समयदेखि हतकडी लागेको रहेछ , उनीहरु बर्दी सुकिलो हुनुपर्ने लगायतको अभिव्यक्ती उनले मृतक प्रहरीका शवमा पक्रदै खाट्टी मलामी शुद्ध जान भ्याए । तर, आश लाग्दा यूवाका रुपमा उदायका नयाँ गृहमन्त्रीको आज मात्रै दुखद बर्हिगमन भएको छ । यद्यपी पूर्ण रुपमा छनविन भने हुन बाँकी नै रहेको छ ।
मात्रै एक पत्रिकाले प्रकाशन गरेको समाचारको भरमा उनको जागिर नै जाने अवस्था ठिक हो वा होइन भन्नेमा विभिन्न टिका टिप्पणी भइरहेको बेलामा हक्कि गुरुंडले आफै राजीनीमा पत्र बुझाएका छन् ।
यससँगै आगामी दिनमा गृहमन्त्राय के कसरी अघि बढ्छ भन्नेमा ठूलो अन्योल समेत एकाएक सिर्जना हुन पुगेको छ ।


