
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिको सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल रहेका छन् ।