
कालिन्चोक हाइड्रोको आईपीओ बाँडफाँट, तपाईंलाई पर्यो ?



काठमाडौं । कालिन्चोक हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले एक औपचारिक कार्यक्रम आयोजना गरी सेयर बाँडफाँट गरेको हो । जसअनुसार कम्पनीको सेयर ६८ हजार ४७५ जनाले १० कित्ताका दरले पाएका छन् ।
गत चैत २२ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।
कुल २७ लाख ८४ हजार ५१९ जनाले सेयरमा आवेदन दिएका थिए । जसमध्ये २६ लाख ३५ हजार ६३४ आवेदन स्वीकृत भएको आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ ।
कम्पनीले दोलखा जिल्लामा बग्ने साँगुखोलाबाट ५ मेगावाट क्षमतामा आयोजना निर्माण गरेको छ । आयोजनाको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ रहेको छ । साधारण लगानी फिर्ता अवधि ९.१९ वर्ष तथा डिस्काउन्टमा लगानी फिर्ता अवधि १५.३६ वर्ष छ ।


