
शेरबहादुर देउवाले दायर गरेको रिट खारेज हुँदा विशेष महाधिवेशनलाई सर्वोच्चको वैधानिकता



काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिएको छ । सर्वोच्चका न्यायधीशहरु शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरिएको हो ।
यता, विशेष महाविधेशनबाट निर्वाचित भएको गगन थापा नेतृत्वको कांग्रेसको कार्यसमितिले वैधानिकता पाएको बेलामा सर्वोच्चले शेरबहादुर देउवाले दायर गरेको रिट खारेज गरेसँगै कांग्रेसको विवाद कानूनी रुपमा भने टुंगो लागेको अवस्था छ ।


