
नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई ९६ अस्थायी आवास हस्तान्तरण



काठमाडौं । सामाजिक उत्तरदायित्वमा अग्रसर रहदै आएको नबिल बैंकले यस पटक जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई सहयोग गरेको छ । बैंकले आफ्नो उदारता प्रस्तुत गर्दै उक्त प्रभावितहरुलाई अस्थायी अवास हस्तान्तरण गरेको हो ।
आईतबार साँझ पश्चिम भेगका पिडीतहरुलाई बैंकले प्रदान गरेको राहात र त्यसले स्थानीयबासीहरुमा छाएको मुस्कान समेतको भिडीयो यूट्युव तथा सामाजिक संजालहरुमा प्रकाशन गरिएको छ ।
बैंकले जारी गरेको सो भीडीयोमा अस्थायी आवसको राहात नामक हेड लाइन राखिएको छ । ५ मिनेट २४ सेकेण्डको उक्त भीडीयोमा आफ्नो घर नै नभएको बेलामा आफ्नो बस्ने बास भयो भनेर एक स्थानिय महिलाले खुशी समेत व्यक्त गरेकी छिन् ।
त्यस्तै, एक पुरुषले आफू सोही टहरामा बस्न पाएकै कारण अब बाँच्छौ भन्ने लान्न थालेको बताएका छन् । सुन्दा छोटो र सामान्य लाग्ने यि शब्दहरु निकै मार्किक र यथार्थ हुन भनेर मनन् गर्ने जो केही एकाएक भावुक हुन पुग्छन् ।
वि.स.२०८० साल कातिक १७ गतेको भुकम्पले जाजरकोट जिल्लालाई केन्दबिन्दु बनाएसँगै ठूलो धनजनको क्षती हुन पुगेको भीडीयोमा भनिएको छ । त्यस्तै, नबिल बैंकले जाजगरकोटको नलगाड नगरपालिका र रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका ९६ वटा अस्थायी टहरा बनाएको हो ।
भीडीयोमा ७ लाख रुपैयाँ ऋण लिएर घर निर्माण गर्न नपाउँदै आफूले व्याज सहित १० लाख रुपैयाँ तिरेको र सो पैसा तिरेपछि भूकम्पले घर भत्किएको पीडा स्थानियहरुले व्यक्त गरेका छन् ।

पैसाको अभावमा बास किन्न नसकेको, दुख पसिना गरेर जोडेको घर त्यतिकै खत्तम भएको पिडीतहरु सुनाउँछन् । रातमा भुकम्प जानु, आफ्नो घर छिनभरमै छिर्न नसकिने बन्नु त्यसमाथि पनि वृद्ध शरिर भएका आफूहरुलाई बढी दु:ख भएको भीडीयोमा खुलाइएको छ ।
बास पाएका कारण आफूहरुलाई भगवानले नै सहयोग गरेको सुनाउँदै स्थानियबासीहरुले आफ्नो बस्ने बासका लागि सहयोग गरेको ठाउँमा त्यसको सदुपयोग गर्ने सम्मका अभिव्यक्ती दिइएको छ ।
बालबालिकाहरुले समेत आफूहरुले पढ्न पाएको, चिसोमा बसेर पाउँने थप पीडाबाट निकैहदसम्म मुक्ती पाएको बताएका छन् । आफ्नो घर नभएको बेलाम बस्ने बास पाउँनुको अपरिहार्यता उनीहरुले सुनाएका छन् ।
प्रविधिकहरु समेत खटेर घर बनाएको भन्दै स्थानियहरुले धेरै धन्यवाद समेत दिएका छन् ।


