
साताको अन्तिम दिन सेयर बजारमा झिनो सुधार: साढे ७ अर्बमा खुम्चियो काराेबार



काठमाडाैं । साताकाे अन्तिम काराेबार दिन शुक्रबार सेयर बजारमा सामान्य सुधार देखिएकाे छ। हिजाे ३३.८३ अंकले घटेकाे सेयर बजार मापक नेप्से परिसूचक आज ५.३६ अंकले घटेर २८ सय ३८ दशमलव ४० बिन्दुमा राेकिएकाे छ।
यसदिन जलविद्युत व्यापार र अन्य समुहका उपसूचक बढेका छन् भने उत्पादन तथा प्रशाेधन १.४० र हाेटल तथा यर्यटन समुहकाे उपसूचक १.३८ प्रतिशतले बढेकाे छ। बाँकी सबै उपसूचकहरू घटेका छन् ।
नेप्सेमा झिनाे सुधार देखिए पनि यसदिन काराेबार रकम भने घटेकाे छ। आज ३३५ कम्पनीकाे १ कराेड ८० लाख ६३ हजार ७२८ कित्ता सेयर ७ अर्ब ४६ कराेड ६ लाख ९८ हजार रूपैयाँमा काराेबार भएकाे छ।
हिजाे ३४२ कम्पनीको २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर ९ अर्ब ३१ करोड २८ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियाे ।
१८० कम्पनीकाे सेयर मूल्य बढेकाेमा आज सुर्यकुण्ड हाइड्राे इनर्जी, हाेटल फरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टकाे सेयर मूल्य १० प्रतिशतले बढेकाे छ भने रिज लाइन इनर्जीकाे सेयर मूल्य ९.९९ प्रतिशत बढेकाे छ।


