
प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने



प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलो पटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएका छन्। बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
यस छलफलमा विकास निर्माणका कामलाई तीव्र बनाउने, स्रोत–साधनको उचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले सामना गरिरहेका प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहने जनाइएको छ। साथै, राष्ट्रिय प्राथमिकताका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीचको सहकार्य कसरी अझ मजबुत बनाउने भन्ने विषय पनि एजेन्डामा रहनेछ।
बैठकमा देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन प्रवर्द्धनका विषयमा साझा समझदारी कायम गर्ने प्रयास गरिने अपेक्षा गरिएको छ।


