
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस (फाेटाे फिचर)



एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस संघाइ लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको एलएस अटो एक नयाँ ऊर्जा सवारी साधन कम्पनी हो। विगत २५ वर्षदेखि विभिन्न ब्रान्डको अटोमोबाइलको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा परीक्षण उत्पादन जस्ता सम्पूर्ण काम (टर्नकी प्रोजेक्ट) गर्दै आएको छ। कम्पनीले आफ्नै अटोमोबाइल ब्रान्डको इभी तयार गरेको हो। संघाइ लन्च अटोमोटिभले चीनमा अटोमोबाइल मात्र होइन, उच्च गतिमा चल्ने रेल, हेलिकप्टर डिजाइनसम्ममा सहभागिता जनाएको छ ।
यो कम्पनीको जियाङसी प्रान्तमा वार्षिक १ लाख ५० हजार उत्पादन क्षमता भएको आफ्नै कारखाना रहेको छ। कम्पनीले युरोपेली बजार लक्षित गर्दै टर्कीमा समेत उत्पादन प्लान्ट स्थापना गर्दैछ। कम्पनीले अहिलेसम्म नेपालसहित युएइ, मौरिसस, टर्की, इजिप्ट, नाइजेरिया, कजाकिस्तान अन्य ११ देशमा आफ्नो उपस्थिति जनाइसकेको छ।
एलईभी सिरिज कम्पनीले पहिलो मोडेलको रूपमा एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी ल्याएको हो। एलएस अटो यानी ब्लु कर्पोरेशन प्रा लि ले बिगत १ वर्ष देखि एल इ भी ०१ मोडेल बिक्रि गर्दै आइ रहेको छ ।
एलएस अटोले बनाएको पहिलो मोडेल एलईभी ०१ CE/SE नेपाल भित्रिएर बिक्रि सुरु भई सकेको छ भने नया मोडेल को रुप मा एलईभी एक्स अल ह्वील ड्राइभ भर्सन मा भित्रिएको हो । नेपालको लागि ब्लु कर्पोरेशन प्रा लि आधिकारिक वितरक नियुक्त भएसँगै एलएस अटोको एलईभी ०१ र एलईभी एक्स अल ह्वील ड्राइभ नेपालमा भित्रिएको हो।








