
सुनचाँदीको मूल्य स्थिर, तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि सुनको मूल्य त्यति नै रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि शुक्रबारकै मूल्य ४ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


