
इङवा हाइड्रोपावरको ४५ लाख कित्ता सेयरको लक–इन अवधि वैशाख २६ गते सकिने



काठमाडौं । इङवा हाईड्रोपावर लिमिटेडको ४५ लाख कित्ता बढी सेयरको लक–इन अवधि आगामी वैशाख २६ गते समाप्त हुने भएको छ । कम्पनीका अनुसार ४५ लाख ३६ हजार ७०३ कित्ता सेयर लक इन अवधि सकिने भएको हो ।
उक्त सेयरमध्ये संस्थापक समूहको ४२ लाख कित्ता, कर्मचारीका लागि सुरक्षित २९ हजार ८६३ कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको ३ लाख ६ हजार १४० कित्ता समावेश छ । सञ्चालक तथा उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरूको सेयर भने प्रचलित नियमअनुसार निश्चित अवधि सम्म रोक्का रहने जनाइएको छ ।


