
सिवाईसी नेपाल लघुवित्तमा सीईओ माग



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत्रपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ।
यसका लायि चार्टड एकाउण्टेन्सी वा व्यवस्थापन बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, कृषि, समाजशास्त्र वा कानुन विषयमा स्नाकोत्तर उपाधि हाँसिल गरी बैकिङ तथा वित्तीय क्षेत्र, सहकारी, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तराष्ट्रिय संघ वा संस्थाको व्यवस्थापकीय श्रेणीमा रही कम्तीमा १० वर्षको कार्यअनुभव वा उल्लेखित विषयमा स्नातक उपाधि हाँसिल गरी बैकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तराष्ट्रिय संघ वा संस्थाको व्यवस्थापकीय श्रेणीमा कम्तीमा १५ वर्षको कार्यअनुभव भएको हुनु पर्नेछ।
उमेरको हकमा ३५ वर्ष पूरा भई ५८ वर्ष ननाघेको हुनु पर्नेछ। तलब तथा अन्य सुविधा आपसी समझदारीमा तय गरिने र छनौटको किसिम व्यवसायिक योजना, प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुनेछ। योग्य तथा इच्छुक नेपाली नागरिकले निवेदनका साथै हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रतिलिपि, बायोडाटा, शैक्षिक तथा अनुभव प्रमाणका प्रतिलिपि सहित आगामी १५ दिनभित्र कम्पनीको इमेल ठेगानामा आवेदन दिइसक्नु पर्नेछ।


