
काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ



काठमाडौं । जेनजी आन्दोलनमा विद्यार्थीमाथि दमन गरेको आरोपमा काठमाडौं जिल्लाका तत्कालीन सीडीओ छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलबार बिहान सुविधानगरस्थित निवासबाट पक्राउ गरेको हो।
गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिले तत्कालीन सीडीओ रिजाललाई पनि कारवाही सिफारिस गरेको थियो। आयोगकै सिफारिसको आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको छ। पक्राउ परेका रिजाललाई हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा राखिएको छ।


