
अब निजी क्षेत्रले घुस खुवाउनु र थुनिनु पर्दैन, नियोजित बेइमानी गरे कारबाही हुन्छ – अर्थमन्त्री डा. वाग्ले



काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन, कामकाजममा लाइन लाग्न र थुनिनु नपर्ने बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधीहरुसँगको भेटघाटमा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘लगानी बढाउनुस् रोजगारी बढाउनुस् देश बनाऔं। म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्न । म अर्थतन्त्रको जहाज मोडेर देशलाई नयाँ गतिमा लैजान आएको हुँ।’ निजि क्षेत्रको सहकार्यले देशलाई आर्थिक समृद्धिको बाटोमा अघि लैजाने अर्थमन्त्री वाग्लेको भनाइ छ । ‘निजी क्षेत्रले अब दुःख पाउँदैन, हामी तपाईंहरूको सहयात्री हौँ ।अब घुस खुवाउन पर्दैन, लाइन लाग्न पर्दैन, निजी क्षेत्रका मानिस थुनिनु पर्दैन’ उनले भने, ‘आर्थिक बेइमानीमा हामी अब आर्थिक जरीवानामा जान्छौं । उद्योगी व्यापारी थुनिनु पर्दैन ।’
तर, राज्य साथी र सहयात्री बन्दा निजी क्षेत्र पनि बेइमानी नगर्ने अपेक्षा आफुले राखेको बताए । उनले नियोजित बेइमानी कसैले गर्छ भने त्यसमा हामी निर्मम हुने उनको तर्क छ ।


