
चैत्र १२, १३ र १४ गते हेटौंडामा एक्सपेरियन्स टाेयटाः टेस्ट ड्राइभ तथा एक्सचेञ्ज कार्यक्रम



काठमाडाैं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले चैत्र १२, १३ र १४ गते हेटौंडाको मेन रोडस्थित कफि बारमा ‘एक्सपेरियन्स टाेयटा’ कार्यक्रम आयोजना गर्ने भएको छ।
हेटौंडा क्षेत्रका ग्राहकहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममार्फत ग्राहकहरूले टोयोटाका विभिन्न मोडेलका गाडीहरू प्रत्यक्ष अवलोकन गर्नुका साथै टेस्ट ड्राइभ गरी अनुभव गर्न सक्नेछन्।
साथै, हरेक गाडी खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसेसरिज, फ्री इन्सुरेन्स, बैंकिङ सुविधा, रोड ट्याक्स तथा विभिन्न आकर्षक उपहारहरू समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।
कार्यक्रम अवधिभर ग्राहकहरूले टोयोटाका गाडीहरूको टेस्ट ड्राइभ गर्दा आकर्षक उपहार प्राप्त गर्नुका साथै युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले प्रदान गर्दै आएका विभिन्न सेवा तथा सुविधाबारे पनि जानकारी पाउनेछन्।

