
निप्स गण्डकीको फुटसल प्रतियोगिता सम्पन्न



काठमाडौँ । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) गण्डकीको १३औँ वार्षिक उत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख शम्भु प्रसाद मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मिश्रले यस प्रकारका मैत्रीपूर्ण खेलकुद कार्यक्रमले खेलाडीहरूबीच आपसी भाइचारा विस्तार हुनुका साथै बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरूबीच चिनजान, हार्दिकता र विश्वास बढाउने विश्वास व्यक्त गरे ।
संस्थाका अध्यक्ष छवि पौडेलको अध्यक्षतामा सम्पन कार्यक्रम मा पौडेलले निप्सका उद्देश्यहरू अनुरूप वार्षिक कार्यक्रमहरू सञ्चालन हुँदै आएको जानकारी दिँदै यस वर्ष पनि विभिन्न कार्यक्रमहरू आयोजना गरिने जानकारी गराए ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव शिव सुबेदीले गरेका थिए भने कोषाध्यक्ष सुरेश रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सम्योजक राजेश बाबू खत्रीले गरेका हुन्
प्रतियोगितामा १९ वटा बीमा कम्पनीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा एनएलसि इन्स्योरेन्स प्रथम हुन सफल भएको थियो भने हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्स र ओरिएन्टल इन्स्योरेन्सको संयुक्त टोली प्रथम रनरअप बनेको थियो।
मैत्रीपूर्ण फुटसल प्रतियोगिताले बीमा क्षेत्रमा कार्यरत पेशाकर्मीहरूबीच आपसी सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।

