
राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याल सिफारिस



काठमाडौं । मन्त्रिपरिषदले राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई मनोनित गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको बैठकले अर्यायलाई मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो।
राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाई सदस्यको पद रिक्त हुन्छ । यसरी रिक्त हुने पद मध्ये एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने गरेका छन् । यसअघी वामदेव गौतम राष्ट्रिय सभामा मनोनित भएका थिए। उनको कार्यकाल फागुन २० गते सकिदैँ थियो। कार्यकाल सकिनु केही अघि उनले राजीनामा दिएका थिए।

