
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको २ हजार रुपैयाँ र चाँदी २०५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सनुको मूल्य ३ लाख १९ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि २०५ रुपैयाँले घटेर ५ हजार ५१५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ५ हजार ७२० रुपैयाँ रहेको थियो ।

