
नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोविन्द लाल संघईद्वारा राजीनामा



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले राजिनामा दिएका छन् । कम्पनीको फागुन २४ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।
साथै रिक्त हुन गएको संचालक पदमा बाँकी पदावधिका लागि संस्थापक शेयरधनी पुरुषोत्तम लाल संघाईलाई नियुक्त गरिएको छ । कम्पनीको फागुन २५ गते बसेको संचालक समितिको बैठकले नवनियुक्त संचालक पुरुषोत्तम लाल संघईलाई संचालक समितिको अध्यक्षमा सर्वसम्मतिले चयन गरेको छ ।

