
रास्वपाको विजयी सुरुवात, काठमाडौं क्षेत्र नम्बर एकमा रन्जु विजयी



काठमाडौं । हिजो भएको प्रतिनिधि सभा सदस्यको मतगणा जारी रहँदा नजिता आउने क्रम सुरु भएको छ । काठमाडौंको क्षेत्र नम्बर १ को नजिता सार्वजनिक भएको हो ।
जहाँ रास्वपाकी उम्मेदवरा रन्जु दर्शना विजयी भएकी छन् । उनले १५ हजार ४५५ मत पाएर जित हासिल गरिन् । ६ हजार ३६४ मत ल्याएका नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्री दोस्रो भए । तेस्रो भएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाए । रञ्जु दर्शना वैकल्पिक राजनीतिको वकालत गर्दै राजनीतिमा चिनिएको नाम हो । १७ वर्षको उमेरमै उनी २०७० सालमा विवेकशील नेपाली पार्टीमा आवद्ध भएर राजनीतिमा जोडिइन् ।

