
काठमाडौं । दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलमा रोकिएको मतदान पुनः सुचारु गर्ने सहमति भएको छ । सर्वदलीय बैठक बसेर मतदान पुनः सुचारु गर्ने सहमति भएको बताइएको छ ।
मतदान स्थलमा खटिएका कर्मचारीलाई एउटा समूहले हातपात गर्न खोजेपछि प्रहरीले १ राउन्ड हवाई फायर गरेको थियो ।