
विदाको दिनमा पनि आयल निगमका यी प्रादेशिक कार्यालय र डिपो खुला रहने



काठमाडौं । बिदाका दिनमा पनि देशभरका ११ वटा डिपो खुला रहने नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार सरकारले निर्वाचनका लागि तीन दिन बिदा दिएको र यो सातामा अन्य दिन पनि बिदा रहेकाले इन्धनको सहज आपूर्तिका लागि डिपो खुल्ने भएको हो। निगमले बिदाको अवधिभर पेट्रोलिमय पदार्थको सहज आपूर्ति तथा वितरणका लागि प्रादेशिक कार्यालय र डिपो/शाखा कार्यालयहरू खुला रहने जनाएको हो
बिदामा कोसी प्रादेशिक कार्यालय विराटनगर‚ मधेस प्रादेशिक कार्यालय अमलेखगन्ज‚ इन्धन डिपो धनुषाको महेन्द्रनगर‚ बागमती प्रादेशिक कार्यालय थानकोट‚ गण्डकी प्रादेशिक कार्यालय पोखरा‚ लुम्बिनी प्रादेशिक कार्यालय भैरहवा‚ इन्धन डिपो नेपालगन्ज‚ कर्णाली प्रादेशिक कार्यालय सुर्खेत‚ सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी‚ शाखा कार्यालय चारआली झापा र शाखा कार्यालय वीरगन्ज खुला रहने निगमले आइतबार विज्ञप्तिमार्फत जनाएको छ।
साथै निगमको थानकोट डिपोबाट मिति १८ फागुनको बिदाको दिनमा पनि पेट्रोलियम पदार्थको बिक्री वितरण गरिनेछ।


