
ओरिएण्टल इन्स्योरेन्सको डिजिटल बीमा प्लेटफर्मकाे शुभारम्भ: घरमै बसेर बीमा पोलिसी खरिद र दाबी गर्न सकिने



काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा बीमा सेवालाई आधुनिकीकरण गर्दै आफ्नो उन्नत डिजिटल बीमा प्लेटफर्म औपचारिक रूपमा शुभारम्भ गरेको छ । यससँगै अब ग्राहकले बीमा सेवाका लागि कम्पनीको धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
कम्पनीले सार्वजनिक गरेको नयाँ डिजिटल प्रणालीमार्फत ग्राहकहरूले सुरक्षित, पारदर्शी र छिटो छरितो सेवा प्राप्त गर्नेछन् ।
डिजिटल प्लेटफर्मका मुख्य सुविधाहरू:
अनलाइन पोलिसी खरिद: ग्राहकले अब अनलाइनमार्फत नै आफूलाई उपयुक्त बीमा पोलिसी छनोट गरी खरिद गर्न सक्नेछन्।
डिजिटल दाबी (Claim) प्रक्रिया: बीमा दाबीका लागि अनलाइनबाटै निवेदन दर्ता गर्न सकिनेछ। साथै, आवश्यक कागजातहरू पनि डिजिटल माध्यमबाटै अपलोड गर्ने सुविधा उपलब्ध छ।
रियल-टाइम ट्र्याकिङ: ग्राहकले आफ्नो दाबी कुन प्रक्रियामा पुगेको छ भन्ने कुरा ‘रियल-टाइम’ पद्धतिबाट आफैँले अनुगमन (Track) गर्न सक्नेछन्।
सर्वेयर पोर्टलर: बीमा दाबीसँग सम्बन्धित सर्वेयरहरूले आफ्नो प्रतिवेदन कम्पनीको सुरक्षित पोर्टलमार्फत सिधै अपलोड गर्न सक्ने व्यवस्था मिलाइएको छ, जसले दाबी भुक्तानी प्रक्रियालाई थप द्रुत बनाउनेछ।
कागजी कार्यको अन्त्य र समयको बचत
डिजिटल रूपान्तरणको यो पहलले शाखा कार्यालयमा भौतिक उपस्थितिको आवश्यकतालाई घटाउँदै कागजी कार्य (Paperwork) न्यून गर्ने कम्पनीको विश्वास छ। यसबाट ग्राहकको अमूल्य समय बचत हुनुका साथै बीमा सेवामा उच्च पारदर्शिता कायम हुनेछ ।
कसरी लिने सेवा ?
ग्राहकहरूले ओरिएण्टल इन्स्योरेन्सको नयाँ डिजिटल सेवाहरू तलका माध्यमबाट प्राप्त गर्न सक्नेछन्:-
१. अनलाइन पोर्टल: https://digi.orientalinsurance.com.np/
२. मोबाइल एप: “Oriental Nepal DigiCare” (गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा उपलब्ध)
३. आधिकारिक वेबसाइट: https://www.orientalinsurance.com.np/
कम्पनीले डिजिटल युगमा ग्राहकका परिवर्तित आवश्यकताहरूलाई सम्बोधन गर्न यो कदम ‘कोसेढुङ्गा’ साबित हुने दाबी गरेको छ ।

