
शुभम पावरको विद्युत बिक्रीबाट हुने आम्दानी १ करोड २० लाख, कमायो १ करोड २४ लाख नाफा



काठमाडौं । शुभम पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्ममा यस कम्पनीले ४६ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
विद्युत बिक्री आम्दानी १ करोड ३० लाखबाट घटेर १ करोड २० लाख रुपैयाँ कायम भएको छ । यता, अन्य आम्दानी भने ८६ लाख रुपैयाँ रहेको छ । वित्तीय खर्च १९ लाख ३२ हजारबाट घटेर १३ लाख २९ हजार रुपैयाँ कायम भएको छ । अन्य आम्दानी बढ्दा र वित्तीय खर्च घट्दा नाफामा सुधार आएको हो ।
२० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा २४ लाख ६ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.२१ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १०१.२० रुपैयाँ रहेको छ ।

