
नेशनल लाइफको ३९ औँ वार्षिकोत्सव आज



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३९ वार्षिकोत्सव आज रहेको छ । कम्पनीले विविध कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव मनाउँदैछ । वार्षिकोत्सवका अवसरमा कम्पनीले सरोकारवाला एवं शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ । कम्पनीले नियमनकारी निकायबाट प्राप्त सहयोगका लागि कृतज्ञता पनि प्रकट गरेको छ ।
कम्पनीले वार्षिकोत्सवका अवसरमा आगामी दिनहरुमा समेत अझ सबल एवं गुणस्तरीय सेवा प्रदान गर्ने संकल्प गरेको छ । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले नियामक निकायलगायत अन्य सम्बन्धित संस्थाहरुबाट प्राप्त मार्गदर्शन र सहयोगका लागि आभार कृतज्ञता प्रकट गरेका छन् । उनले कम्पनीप्रति विश्वास गर्ने सम्पूर्ण ग्राहक, कर्मचारी साथी, अभिकर्ता एवं शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।

