
नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शिवम् सिमेन्ट्स, कृषि विकास बैंक र आशा लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको बोनस सूचीकृत गरिएको हो ।
जसमध्ये, शिवम् सिमेन्ट्सको १३ लाख ६४ हजार २०२.१२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई २.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
त्यस्तै, आशा लघुवित्तको ६ लाख ९६ हजार ३९३.९७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । संस्थाले सेयरधनीलाई गत वर्षको नाफाबाट ९.५ प्रतिशत बोनस वितरण गरेको थियो ।
यता, कृषि विकास बैंकको ४५ लाख २ हजार ९४७.८९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको ३.२५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

