
महुली लघुवित्तको संञ्चालकमा सिग्देल नियुक्त



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा डा. बामदेव सिग्देल नियुक्त भएका छन् । कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
उनको नियुक्ति माघ २८ गतेदेखि नै लागू हुने कम्पनीले जनाएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १४ का स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको कम्पनी सचिव सरोज कुमार सिंहले जानकारी दिए ।

