
एलआइसी नेपालकाे व्यवसायमा देखियो उत्साहजनक बृद्धि, करिव डेढ खर्बको जीवन बीमा कोष



काठमाडौं । एलआईसी नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरणमा अधिकांश सूचांकमा प्रगति गर्न सफल भएको छ । आज प्रकाशित कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार व्यवसायमा सामान्य बृद्धि भएको छ भने जीवन बीमा कोषको आकार करिव डेढ अर्ब रुपैयाँ संचित गर्न सफल भएको छ ।
कूल पाँच अर्ब ५० करोड चुक्ता पुँजि भएको एलआईसी नेपालको जीवन बीमा कोषमा एक खर्ब ३९ अर्ब ८८ करोड रुपैयाँ सचिंत रहेको छ । गत आवको यसै अवधीमा यस्तो कोषको आकार एक खर्ब २७ अर्ब २७ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनी जीवन बीमा कोष ९.९० प्रतिशतले बढाउन सफल भएको छ ।
समीक्षा अवधिमा कम्पनीको जगेडा कोष २७.७५ प्रतिशतले घटेको छ । कम्पनीको उक्त कोष तीन अर्ब ४५ करोड रुपैयाँबाट घटेर दुई अर्ब ४९ करोड ४२ लाख रुपैयाँ सञ्चिती रहेको छ ।
कम्पनीले बीमा अभिकर्तालाई दिने कमिशन रकम सामान्य अंकले बढेर ६५ करोड ६४ लाख रुपैयाँबाट बढेर ७२ करोड ८३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खुद नाफा ५८.३६ प्रतिशतले बढेर १४ करोडबाट १७ लाख रुपैयाँबाट बढेर २२ करोडबाट ४५ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको खुद बीमा व्यवसाय ८.२४ प्रतिशतले बृद्धि भई नौ अर्ब ४० करोडबाट बढेर १० अर्ब १८ करोड नाघेको छ । त्यस्तै, कम्पनीको कुल बीमा दावी भुक्तानी रकम ६ अर्ब १४ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधीमा एलआईसी नेपालको कूल खर्च ५.०७ प्रतिशत बढेर १४ अर्ब २४ करोड रुपैयाँबाट बढेर १४ अर्ब ९६ करोड रुपैयाँमा पुगेको छ भने लगानी तथा कर्जाबाट प्राप्त ब्याज आम्दानी चार अर्ब ९० करोड रुपैयाँ रहेको छ । कम्पनीको ईपीएस ८.१७ रुपैयाँ रहेको छ ।

