
आज पनि बढ्यो सुनचाँदीको मूल्य तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले बढेको छ । अघिल्लो दिन पनि बढेको सुनचाँदीको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ हजार १०० रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो । आज सुन तोलाको ३ लाख ६ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख ५ हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर ५ हजार २९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य २४० रुपैयाँ रहेको थियो ।

