
दुर्गा प्रसाईका कार्यकर्ता र प्रहरीको घम्साघम्सी, ३ जना पक्राउ



चितवन । आज चितवनमा प्रदर्शन गर्न आएका दुर्गा प्रसाईंका टोलीसँग प्रहरीको लफडा परेको छ । भरतपुरको साझा बसपार्कबाट र्याली निकालेर चौबीसकोठीसम्म पुगेर फर्किने मौखिक अनुमति प्रहरी प्रशाासनबाट लिएर चौबीसकोठी पुगेपछि बाटोमै सभा गर्न लागेपछि प्रहरीले रोक्ने क्रममा प्रसाईं समूहसँग लफडा भएको हो ।
चितवन प्रहरीका अनुसार प्रसाईं समूहलाई चौबीकोठीसम्म र्यालीको लागि अनुमति दिइएको थियो । तर, बाटो नै बन्द गरेर सभा गर्न लागेपछि प्रहरीले रोक्न खोज्दा लछारपछार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५–७ सय को हाराहारीमा रहेका दुर्गा प्रसाईं समूहले बाटो नै रोकेपछि तितरबितर पारिएको हो । उनले तीन जनालाई नियन्त्रणमा लिइएको समेत प्रहरीले जनाएको छ ।

