
मेटलाइफ Fortune World’s Most Admired Companies™ २०२६ सूचीमा अग्रणी बीमा कम्पनीको रूपमा सम्मानित



काठमाडौं । मेटलाइफ, इन्क. (NYSE:MET.) लगातार सातौँ वर्ष Fortune World’s Most Admired Companies™ को सूचीमा सूचीकृत भएको छ । सन् २०२६ का लागि मेटलाइफले जीवन तथा स्वास्थ्य बीमा उद्योगमा पहिलो स्थान हासिल गरेको छ । यो सम्मानले वित्तीय सेवा क्षेत्रमा मेटलाइफको बलियो प्रतिष्ठा, निरन्तर प्रदर्शन र दीर्घकालीन नेतृत्वलाई प्रतिबिम्बित गर्दछ ।
“करिब १६० वर्षदेखि मेटलाइफले मानिसहरूलाई आत्मविश्वासका साथ अघि बढ्न सहयोग गर्दै आएको छ,” मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मिशेल खलाफले भने । “यो मान्यताले हाम्रो व्यवसायको मजबुती, हाम्रा सहकर्मीहरूको समर्पण तथा विश्वभरिका हाम्रा ग्राहक, सहकर्मी र समुदायका लागि मूल्य सिर्जना गर्ने हाम्रो अटल प्रतिबद्धतालाई झल्काउँछ ।”
फच्र्युन र कोर्न फेरीले २५ वर्षभन्दा बढी समयदेखि सहकार्य गर्दै फच्र्युन वल्ड्र्स मोस्ट एडमायर्ड कम्पनीज सूचीमार्फत कम्पनीहरूको कर्पोरेट प्रतिष्ठाको पहिचान र मूल्याङ्कन गर्दै आएका छन् । यसका लागि शीर्ष कार्यकारी, निर्देशक तथा वित्तीय समुदायका सदस्यहरूलाई आफ्नै उद्योगभित्रका कम्पनीहरूलाई नौवटा मापदण्डका आधारमा मूल्याङ्कन गर्न अनुरोध गरिन्छ । ती मापदण्डहरूमा नवीनता, दीर्घकालीन लगानी मूल्य, वित्तीय सुदृढता तथा प्रतिभा आकर्षित र कायम राख्ने क्षमता समावेश छन् ।
मेटलाइफलाई प्राप्त यो सम्मान सन् २०२५ मा १०औँ स्थानमा रहँदै लगातार दोस्रो वर्ष फच्र्युन वल्ड्र्स २५ बेस्ट वर्कप्लेस™ सूचीमा समावेश हुनुका साथै ३३ बजारमा ग्रेट प्लेस टु वर्क को प्रमाणपत्र प्राप्त गरेपछिको उपलब्धि हो । यी सबै उपलब्धिहरूले मेटलाइफको उद्देश्यप्रेरित र समावेशी कार्यसंस्कृति तथा आफ्ना कर्मचारी, ग्राहक र सेवा प्रदान गर्ने समुदायप्रति रहेको दृढ प्रतिबद्धतालाई उजागर गर्छन् । फच्र्युन वल्ड्र्स मोस्ट एडमायर्ड कम्पनीज™ २०२६ सूचीसम्बन्धी थप विवरण यहाँ हेर्न सकिन्छ ।
मेटलाइफको बारेमा :
MetLife, Inc. (NYSE: MET), आफ्ना सहायक र सम्बद्घ संस्थाहरु सहित (“MetLife”) वित्तीय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरु मध्येको बीमा, एन्युटी (Annuities), कर्मचारी लाभ योजनाहरु र सम्पत्ति व्यवस्थापनको सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई अझ सुनिश्चित भविश्य निर्माण गर्न मद्घत गरिरहेको एक प्रमुख वित्तीय सेवा प्रदायक कम्पनी हो । सन् १८६८ मा स्थापित भएको MetLife, विश्वभर ४० भन्दा बढि बजारहरुमा संचालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, एशिया, ल्याटिन अमेरिका, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ । थप जानकारी का लागि, कृपया www.metlife.comहेर्नु होस् ।
मेटलाइफ नेपालको बारेमा :
MetLife, Inc को सहायक संस्था, संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाको रुपमा MetLife सन् २००१ देखि नेपालमा संचालन भइरहेको छ । नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउदै आइरहेको छ । थप जानकारी का लागि, कृपया www.metlife.com.np हेर्नु होस वा ९७७ –१–५९७०१६६ मा फोन गर्नुहोस ।

