
स्वावलम्बन लघुवित्तले सेयर स्वामित्व परिवर्तन गर्ने



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक र सर्वसाधारण सेयरको अनुपात परिवर्तन गर्ने भएको छ । हाल संस्थापक र सर्वसाधारण सेयर अनुपात ६०ः४० रहेकोमा ९ प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिणत गरी संस्थापक र सर्वसाधारण सेयर अनुपात ५१ः४९ कायम गर्ने भएको हो ।
सेयर संरचना परिवर्तन गर्ने सम्बन्धमा कुनै संस्थापक सेयरधनीको फरक धारणा भएमा आगामी ६ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा लिखित निवेदन दिन आग्रह गरेको छ । उक्त अवधिभित्र निवेदन प्राप्त नभएमा सेयर संरचता परिवर्तको प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ ।

