
नाफिजका पूर्व उपाध्यक्ष आचार्यलाई पितृ शोक



काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का पूर्व उपाध्यक्ष एवं रेडियो नेपालमा कार्यरत भुवन प्रसाद आचार्यलाई पितृशोक परेको छ । उनका पिता स्व. पं डिलुराम आचार्यको २०८२ माघ १ गते ९० वर्षको उमेरमा निधन भएको हो ।
निधनप्रति नाफिज गहिरो शोक प्रकट गरेको छ । नाफिजका महासचिव निकेश खत्रीले एक समवेदना जारी गर्दै शोकको घडीमा मृतात्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।


