
वैदेशिक रोजगारीमा रहेकाले सुपर खुदी हाइड्रोपावरको आईपीओ भर्ने अन्तिम दिन



काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले पुस २२ गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिरहेको आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिने आज पुस २५ गते अन्तिम दिन रहेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३१ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट पुस ६ गते अनुमति पाएको थियो। जसमध्ये १५ लाख २० हजार कित्ता आयोजना प्रभावितका लागि र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।

