
४४ लाखभन्दा बढी जरिवानामा परेका मकवानपुरका फरार बैंकिङ्ग अपराधी पक्राउ



काठमाडौँ । बैंकिङ्ग सम्बन्धी मुद्दामा अदालतबाट कैद र जरिवाना सजाय तोकिएपछि फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरका अनमोल दर्नाल र रवीन्द्र केसी रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी टोलीले उनीहरूलाई खोजतलासका क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अनमोल दर्नालमाथि बैंकिङ्ग कसुर मुद्दामा एक महिना १० दिन कैद र ४४ लाख ६३ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। अर्कोतर्फ, रवीन्द्र केसीमाथि चेक अनादर मुद्दामा पाँच सय रुपैयाँ जरिवाना सजाय दिइएको थियो।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि मकवानपुर जिल्ला अदालत, हेटौँडा पठाइएको प्रहरीले जनाएको छ।

