
दुई अंकले घट्यो प्रि ओपन सेसनमा नेप्से



काठमाडौं । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर कारोबार भएको छ । सेयर कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक २.०७ अंकले घटेर २६३३.८७ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा ३१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १५ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आजको उक्त सेसनमा २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.३१ अंकले घटेर ४५४.६९ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ४८ कम्पनीका ४३ हजार ६१४ कित्ता सेयर ९८ पटक खरिद बिक्री हुँदा २ करोड ४६ लाख ८५ हजार ८३९ रुपैयाँको कारोबार भएको छ ।

