
शुभम पावरको १४ लाख बढी कित्ता सेयरको लकइन अवधि माघमा सकिंदै



काठमाडौं । शुभम पावर लिमिटेडको १४ लाख ३१ हजार ३० कित्ता सेयरको लकइन अवधि आउँदो माघ २६ गते सकिंदैछ । कम्पनीको संस्थापकतर्फको १४ लाख कित्ता, स्थानीय बासिन्दातर्फको १९ हजार ४२० कित्ता र कर्मचारीतर्फको ११ हजार ६१० कित्ता सेयरको लइकन अवधि सकिन लागेको हो ।
आईपीओ निष्कासन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको दिनदेखि तीन वर्षसम्म संस्थापक, आयोजना प्रभावित र कर्मचारीतर्फको शेयर लकइनमा राख्नु पर्ने प्रावधान छ । लकइन अवधिभर सेयर कारोबार गर्न नपाइने व्यवस्था छ । लकइन अवधि समाप्त भएसँगै यी सेयर किनबेच गर्न सकिनेछ । तर सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

