
एनआईसी एशिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अग्रवाल नियुक्त, गभर्नर समक्ष लिए सपथ



कठमाडौं । एनआईसी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले आजकै मितिदेखि लागू हुनेगरी संचालक समितिको अध्यक्षमा अग्रवाललाई नियुक्त गरेकोे हो ।
नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव बटुलेका अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
बैंकको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त उनले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पु¥याएका छन्।
उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्ने अग्रवालको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै बैंकले सफलताको थप उचाई प्राप्त गर्नुको साथै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पु¥याउने दृढ विश्वास लिएको छ ।

