
कालिका लघुवित्तद्वारा लाभांश प्रस्ताव



काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीका लागि लाभांश प्रस्ताव गरेको छ।
बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाबाट पारित भएपछि सम्बन्धित शेयरधनीमा वितरण हुनेछ।

