
साना किसान लघुवित्तको सीईओमा बाशु अधिकारी



काठमाडौँ । करिब चार महिनापछि साना किसान विकास लघुवित्तले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । कम्पनीको पुष ३ गते बसेको सञ्चालक समितिको बैठकले बाशु अधिकारीलाई सीईओको जिम्मेवारी दिएको हो ।
अधिकारीलाई पुष ३ गतेदेखि नै लागु हुने गरी सीईओ नियुक्ति गरीएको कम्पनी सचिव अनिल कृष्ण जोशीले जानकारी दिए । उनलाई सोहि दिन कम्पनीका अध्यक्ष खेम बहादुर पाठकले शपथ खुवाएका हुन् ।
अधिकारीसँग कृषि बिकास बैकको बिभाग प्रमुखको रुपमा कार्य गरेको अनुभव छ ।

