
सूर्योदय वोमीका सेयरधनीको हात खाली



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने निर्णय सहित वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाएको हो ।
संस्थाको पुस ३ गते बसेको बैठकले गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।


