
एनएमबि लघुवित्तको डिसिइओमा पुनः सजल खड्का



काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)को रुपमा पुनः सजल खड्का नियुक्त भएका छन् ।
कम्पनीले बिहीबार साँझ ४ बजे बसेको १८०औँ बैठकले संस्थाको सिइओमा पुन खड्कालाई दोहोरियाएको कम्पनी सचिव सूर्य बहादुर थापाले जानकारी दिएका छन् ।
उनलाई आगामी पुस ७ गतदेखि लागु हुने गरी पुनः डिसिइओमा नियुक्त गरिएको हो ।

