
स्वास्थ्यका कारणले मतदान गर्न छुटेँ : तिलक रिजाल



काठमाडौं । नेकपा एमालको महाधिवेशनमा केही प्रतिनिधिहरुले मतदान गरेन । देश भरबाट आएका ३६ जना प्रतिनिधिले मतदान गरेन् । मतदान नगर्नेको लिस्टमा दैलेखबाट प्रतिनिध छानिएर आएका तिलक रिजाल पनि छ ।
रिजालले आफ्नो स्वास्थ्यमा समस्या भएका कारणले मतदनामा भाग लिन नपाएको बताएका छन् । मतदानका लागि टोकन पनि लिएको र ३ घण्टासम्म लाइन बसेको र एक्कासी बान्ता भएर चक्कर लागे पछि अस्पताल भर्ना भएकाले मतदान गर्न छुटेको रिजालले जानकारी दिए । उनले बुधबार ११ बजेको समयमा नै टोकन नम्बर ६०८ लिएर लाइन बसेको बताए ।
‘म हिजो ११ बजेको समयमा नै टोकन लिएर लाइनमा बसेको थिए । एक्कासी चक्कर लाग्ने र बान्ता आउने भए पछि अस्पताल गए । त्यस पछि मतदान सकिदासम्म पनि स्वाथ्य समस्या समाधान नभए पछि मतदान स्थलमा उपस्थिति हुन सकिन,’ उनले भने ।

