
इमर्जिङ्ग नेपालद्वारा ५.२६३१ प्रतिशत नगद लाभांश घोषणा



काठमाडाैं । इमर्जिङ्ग नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.२६३१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको हो।
मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी ५५ करोड ५६ लाखको ५.२६३१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल सरकार अर्थमन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।

