
काठमाडौं । युनाइटेड ईदी मर्दी आरबी हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको तर्फबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।